देश

मेयर बालेनसँग भेटपछि रवि लामिछाने निस्किए, आगामी निर्वाचनमा रणनीति छलफल जारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग करिब साढे दुई घण्टा लामो छलफल सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको कुपण्डोल ज्वागलस्थित घरबाट निस्किएका छन्।

पत्रकारहरूले छलफलमा के कुरा भयो भनी सोध्दा लामिछानेले विस्तृत विवरण भने दिएनन्। उनले केवल यति भने, “राम्रो भा’छ।”

स्रोतका अनुसार लामिछानेअघि मेयर शाहले भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरिसकेका थिए। छलफल बालेनका सल्लाहकार कुमार बेनको निवासमा एक्लै गरिएको थियो। वार्तामा आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषय मुख्य रूपमा उठेको बताइएको छ।

शाह र लामिछानेबीचको छलफलको क्रममा पूर्वसांसद अमरेशकुमार सिंह पनि उपस्थित थिए।

स्रोतका अनुसार वैकल्पिक राजनीतिक सहकार्य र निर्वाचन रणनीतिबारे वार्ता जारी रहेको छ, जसले आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने सम्भावना देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *