काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ।
बुधबार (पुस ९) दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलाइ भई तीन बजे सुरु भएको हो।
बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनमा बाधक बन्ने विधानका केही दफा निलम्बन, तथा महाधिवेशन कार्यतालिका परिमार्जनलगायतका एजेन्डामाथि छलफल हुने जनाइएको छ।
बैठक कारबाहीक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा जारी छ।




