देश

कुलमान घिसिङद्धारा उज्यालो नेपाल पार्टीले केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन हुँदै

काठमाडौं । उज्यालो नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक शुभारम्भ गर्ने तयारी पूरा गरेको छ। पार्टीका अनुसार बिहीबार ऊर्जा मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको उद्घाटन गरिनेछ।

पार्टीले केन्द्रीय कार्यालयलाई ‘उज्यालो घर’ नाम दिएको छ। कार्यालय उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरु हुने जनाएको छ। उद्घाटनसँगै पार्टीको सांगठनिक गतिविधि थप सक्रिय बनाउने लक्ष्य राखिएको छ।

यसैबीच उज्यालो नेपाल पार्टीले आज बुधबार जनमत पार्टीबाट उपाध्यक्ष पदबाट कारबाहीमा परेपछि दीपककुमार साहको नेतृत्वमा गठन भएको जनस्वराज पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

पार्टी नेतृत्वका अनुसार आगामी राजनीतिक गतिविधिमा सहकार्य विस्तार गर्दै जनसमर्थन बलियो बनाउने रणनीतिका रूपमा यी कदमहरू अघि बढाइएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *