देश

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा पूरक रिटमा पेशी आज

काठमाडौँ । नेपाली कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको पेशी आजको लागि तोकिएको छ ।

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत मंगलबार पूरक निवेदन दर्ता गराएको जानकारी दिएकी थिइन् ।

एमालेले यसअघि नै ७५ जनाको हस्ताक्षरसहित निवेदन दिइसकेको थियो । मंगलबार कांग्रेसका ६५ बाहेक स्वतन्त्र, जनमत र जसपाका एक–एक सांसदको गरी ६८ जनाको हस्ताक्षर बुझाइएको थियो ।

यसअघि कांग्रेस र एमालेले दिएको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *