काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की र शीर्ष तीन दलका नेताबीच भएको छलफल सकिएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भएको संयुक्त छलफल भखरै दुई घण्टापछि सकिएको हो ।
उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो ।




