देश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने उच्च प्रहरी अधिृकतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको भन्दै नेपाल प्रहरीका उच्च अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले शैक्षिक प्रमाणपत्रको अनुसन्धानका क्रममा नक्कली रहेको पुष्टि भएको तथा सोही शैक्षिक योग्यताको प्रयोग गरी मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पिसिएल नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोष्ट बेसिक ब्याचलर अफ नर्सिङ गरेको अख्तियारले जनाएको छ ।

उनले शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी २०५२ सालमा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा शुरु नियक्ति लिएको पाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *