काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।
शीतल निवासमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। जेनजी आन्दोलनपछि उनीहरूबीच भएको यो पहिलो भेट हो।




