काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार लेखकलाई सात दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन पत्र पठाइएको हो । यसअघि आयोगले सुरक्षा निकाय र सम्बन्धित कर्मचारीसँग बयान लिइसकेको छ ।
जाँचबुझ आयोगले छानबिनलाई अन्तिम चरणमा पुर्याएको बताउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको छ ।




