राजनीति

वैकल्पिक भनिएका सबै शक्तिसँग छलफल गर्छौंः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैकल्पिक भनिएका सबै शक्तिसँग छलफल गर्ने बताएका छन् ।

सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका सभापति लामिछानेले मंगलबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपाले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग छलफल गर्ने र केहीबाट सुरुवात गरिसकेको जानकारी दिए ।

उनले बालेनलाई आगामी प्रधानमन्त्री बनाउने चरणमा छलफल पुगिनसकेको बताए । उनले भने, ‘हामी बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा पुगेका छैनौँ। पहिले त थाहा हुनुपर्यो, एक अर्कालाई बुझ्नुपर्यो । अहिले नै हतार नगर्नु न।’

उनले सुदन गुरुङसँग छलफल भएको र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *