काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिले भोलि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका कार्यालयमा पुगेर राजनीतिक दलहरूसँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको समितिले दलहरूसँग संवाद गर्नको लागि औपचारिक भ्रमण गर्ने योजना बनाएको हो।
समितिले बिहान ११ बजे कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा, दिउँसो १ बजे नेकपा एमालेको च्यासल कार्यालयमा र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको पेरिस डाँडा कार्यालयमा छलफल गर्ने कार्यक्रम तय गरेको छ।
सरकारका अनुसार, दलहरूसँगको संवाद सहज बनाउन मन्त्रीहरू सम्मिलित समिति नै गठन गरिएको हो। यसअघि जेनजी आन्दोलनका क्रममा तीनै दलका कार्यालयमा आगजनी र तोडफोड भएका थिए, त्यसैले संवादमार्फत शान्तिपूर्ण वातावरण कायम राख्न सरकारले यो कदम उठाएको जनाएको छ।




