देश

रवि लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालयमा स्वागत, जेनजी आन्दोलनमा समर्थन

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भव्य स्वागत गरिएको छ। पार्टीका नेता र कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको र रास्वपाले जेनजी आन्दोलनले उठाएका माग पुरा गर्न प्रतिबद्ध रहेको बताए।

लामिछानेले भने, “जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ। जलेको सिंहदरबार बनाउँला तर सिंहदरबार बनाएर मात्र हुँदैन, सिंहदरबार बदल्न पनि आवश्यक छ।”

उनले चुनावमा जानुको विकल्प नभएको उल्लेख गर्दै रास्वपाले चुनावी वातावरण बनाउन सहयोग गर्ने बताए। साथै, जेनजी आन्दोलन दमन गर्नेहरू अहिले सल्बलाएको भए पनि चुनावमा गएर जनताको मत जित्ने चुनौती प्रस्तुत गरेको बताए।

सभापति लामिछानेले आफुलाई न्याय पाउन बाँकी रहेको भए पनि देशको न्याय महत्वपूर्ण भएको र त्यसका लागि सबैको साथ आवश्यक रहेको उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *