विश्व

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो ।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् ।
सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति भएको छ ।

कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *