देश

नोबेल अस्पतालको भवनबाट खसेर डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर एक डाक्टरको मृत्यु भएको छ।

आइतबार बिहान मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका डाक्टर अमित यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटना भएपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *