देश

निर्वाचन नभए संसद पुनर्स्थापन गर्नुपर्छ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले हाल ट्र्याकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको बताए । उनले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न उनले आग्रह गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्नेमा जोड दिए । पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उनको भनाई छ । उनले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्याएपछि महाधिवेशन हुने बताए ।

उनले भने ‘चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हेर्थ्यो जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महसुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु उदाहरणेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनु पर्यो । ट्र्याकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ । सँगै पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पनि धेरै लामो छलफलपछि लागि सर्वसम्मत रूपमा आएको छ ।

कार्यतालिका आएको छ, अहिले सबैले प्रश्न गर्छ, महाधिवेशन हुन्छ की हुँदैन ? उदाहरणका लागि । महाधिवेशन किन नहुने रु सर्वसम्मत रूपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्याईविधि मिचेर महाधिवेशनलाई अगाडी बढाउने भन्ने चाहिँ हुँदैन । महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । आम निर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नि, मतदाता नामावलीको अपडेट पुरा भएपछि न निर्वाचनको प्रक्रिया सुरु हुन्छ । नेपाली काँग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई काँग्रेसको विधानअनुसार हुनुपर्छ ।’

उनले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेदवारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *