राजनीति

काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् ।

शनिवार काठमाडौँ आए लगतै उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् ।

पहिले उनी बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे । त्यसपछि जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरे ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शहीद परिवारको न्यायका लागि लड्ने बताए ।

उनले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्न पार्टी र आफ्नो ऐक्यबद्धता रहेको बताए ।

उनले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *