राजनीति

भदौ २३ को घटनाका मुख्य जिम्मेवार केपी ओली हुन्: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गते भएको घटनाको मुख्य जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि रहेको दाबी गरेका छन्।

कार्की बैंक्वेटमा आयोजित आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी विभाजन आफूहरूलाई स्वीकार्य नभए पनि आत्मसमर्पण भने मन्जुर नभएको स्पष्ट गरे। उनले पार्टी अध्यक्ष ओलीका अभिव्यक्तिमाथि प्रश्न उठाउँदै भने,
“म जे बोल्छु त्यही हो, एमाले सुन्दा पनि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुँदैन—यो कस्तो अभिव्यक्ति हो?”

भेलामा पोखरेल प्यानलबाट चुनाव लडेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्यानलबाट निर्वाचित उपाध्यक्ष गोकर्ण बिष्ट र उपमहासचिव योगेश भट्टराई पनि कार्यक्रममा सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *