राजनीति

राष्ट्रपतिले तत्काल संसद् पुनर्स्थापन गरेर बैठक आह्वान गर्नुपर्छ: बर्तौला

काठमाडौँ । महेश बर्तौलाले तत्काल प्रतिनिधि सभा पुनर्स्थापना गरेर संसद्को बैठक आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उनले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

उनले विज्ञप्तिमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने र राष्ट्रपतिले सर्वोच्च अदालतमा विचारधिन मुद्दालाई नपर्खेर तत्काल प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने धारणा उल्लेख गरेका छन् ।

‘संसद् पुनर्स्थापना सम्बन्धी विगतको नजिरका आधारमा समेत लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जबाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद् पुनर्स्थापनाको घोषणा गरी संसद्को बैठक आह्वान गर्नु पर्दछ।’ विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *