काठमाडौँ । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।
उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।




