देश

सरकारद्वारा प्रतिनिधिसभा निर्वाचन ऐन संशोधनका लागि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अध्यादेश अनुसार दलित, आदिवासी–जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम समुदायको जनसंख्या प्रतिशतको आधारमा निर्वाचन प्रतिनिधिको संख्या निर्धारण गर्न आवश्यक परेपछि यस्तो संशोधनका लागि अध्यादेश जारी गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *