राजनीति

लोकप्रिय भोटसहित सुहाङ नेम्वाङको एमाले केन्द्रीय कमिटीमा डेब्यु

काठमाडौँ । एमालेका युवा नेता सुहाङ नेम्वाङले लोकप्रिय भोटसहित एमाले केन्द्रीय नेतृत्वमा डेब्यु गरेका छन्।

१७ सय २१ मतसहित नेम्वाङले खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्यको जित हासिल गरे। सुरुमा केपी ओली पक्षले उनको नाम प्यानलमा राखेन, जसपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। पछि ओली पक्षले उनलाई अन्तिम सूचीमा समेटेको थियो। यसअघि उनलाई ईश्वर पोखरेल प्यानलमा पनि राखिएको थियो।

सुहाङ एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र हुन्। पिताको देहावसानपछि उनले राजनीतिमा सक्रियता बढाउँदै आफ्नो बिँडो थाम्ने अठोट गरेका थिए। छोटो समयमै उनले पिताजस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन्।

उनी इलाम–२ मा भएको उपनिर्वाचनमा पनि एमालेबाट विजयी बनेका थिए। सामाजिक सञ्जालमा समेत धेरैले उनलाई केन्द्रीय कमिटीमा देख्न चाहेको र शुभकामना सन्देश पोस्ट गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *