काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै सम्पन्न महाधिवेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धा गर्दै उनी अत्यधिक मतका साथ विजयी भएकी हुन् ।
डंगोलले राजधानी विशेषतर्फ ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । उक्त कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको थियो, जहाँ उनले आफ्ना दुई प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पारिन् ।
निर्वाचन परिणामअनुसार सुनिताले १,६६८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी ई. राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याएका छन् ।




