देश

गणेशमान र मंगलादेवीकी जेठी छोरी रिता सिंह वैद्यको निधन

काठमाडौँ । २०४६ सालको जनान्दोलनका कमान्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी जेठी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।

नेपाल बाल संगठनकी पूर्वअध्यक्ष समेत रहेकी सिंहको उपचारका क्रममा आज मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि किड्नीसम्बन्धि समस्याबाट ग्रसित रहेकी थिइन् । सिंहको आज शोभा भगवती, कर्णद्दिपमा दाहसंस्कार हुने परिवारले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *