राजनीति

महासचिवमा सुरेन्द्रले घटाए मतान्तर, आधा मत गन्दा कसको कति ?

काठमाडौँ । नेकपा एमालेको जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत पाएका छन् । यससँगै उनीहरूबीचको मतान्तर ८७ मतमा झरेको छ ।

अहिलेसम्म कुल १,१३९ मत गणना सकिएको छ । आधाभन्दा बढी मत गणना भइसकेकाले महासचिव पदमा पोखरेल र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *