देश

बम विस्फोट प्रकरणमा श्रम–संस्कृति पार्टीका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा

काठमाडौं ।धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौँको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका एआईजी मनोज केसीका अनुसार राजकुमार तामाङ लामा, जो देवराज लामा तथा कुमार, विश्वक्रान्ति लामा नामले पनि चिनिन्छन्, मंगलबार पक्राउ परेका हुन्। पक्राउपछि उनलाई अनुसन्धानका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ।

लामामाथि २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनासँग सम्बन्धित मुद्दा दर्ता छ। उक्त विस्फोटमा एक बालिकाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी फरार अभियुक्तका रूपमा खोजीमा रहेका थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइने सीआईबीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *