काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको मतदान प्रक्रिया तीन घण्टा पछि सरेको छ । एमाले नेता माधव ढुंगेलका अनुसार प्राविधिक व्यवस्थापनमा समय लाग्ने हुँदा निर्धारित समयभन्दा केही पछि मात्रै मतदान सुरु हुने भएको हो ।
ढुंगेलले विद्युतीय मतदान गराउने जिम्मा लिएको कम्पनीले बेलैमा काम सकेको भए आज बिहान ७ बजे देखि नै मतदान सुरु हुने थियो । तर कम्पनीले बेलैमा काम सम्पन्न नगर्दा समय लम्बिएको हो ।
राम-लक्ष्मण इनोभेशन अन्तर्गतको प्राविधिक टिमले एमालेको निर्वाचन विद्युतीय प्रक्रियाबाट सम्पन्न गर्ने जिम्मा लिएको छ ।
एमालेका २ हजार २६२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् ।





