देश

दुर्गा प्रसाईं नेतृत्वमा सरकारसँग वार्ताका लागि समिति गठन

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्ने उद्देश्यले समिति गठन गरेका छन्।

सरकारको आह्वानपछि महाअभियानले प्रेमदिप लिम्बु संयोजकत्वमा वार्ता समिति तयार पारेको हो। समितिमा देवी प्रसाद संग्रौला र प्रेम थापा मगर सदस्य रहेका छन्।

महाअभियानले तत्काल सम्बोधन गर्न सकिने विषय र मागहरू प्रस्तुत गर्नको लागि यस समितिको गठन भएको हो। यसअघि सरकारले पनि सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी वार्ता प्रक्रिया अघि बढाएको थियो।

1

2

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *