राजनीति

एमाले महाधिवेशनमा पोखरेल पक्षको प्रारम्भिक प्यानल तय, महासचिवमा पाण्डे अघि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनलाई लिएर आन्तरिक प्रतिस्पर्धा चर्कँदै गएको छ । यसैक्रममा ईश्वर पोखरेल नेतृत्वको समूहले आफ्ना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

पोखरेल समूहले महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गरेको छ । यस्तै उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने सहमति भएको समूहका एक नेताले जानकारी दिए ।

अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवार टुंग्याउन समूहभित्र छलफल अझै जारी रहेको बताइएको छ । सीमित पदमा आकांक्षी धेरै भएकाले बाँकी नाम अन्तिम चरणमा निर्णय गरिने जनाइएको छ ।

महाधिवेशन कार्यतालिकाअनुसार मंगलबार मतदान हुने तयारी भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्व प्रतिस्पर्धामा पोखरेल समूहले औपचारिक चुनौती प्रस्तुत गर्न थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *