राजनीति

युवाको भावनाअनुरुप काम गर्नुपर्छ: पम्फा भुसाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएका छन् ।

प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताए ।

जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउदै उनले युवापुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *