काठमाडौं । इरानको अली खामेनी सरकारले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई फेरि पक्राउ गरेको छ ।
नरगिसका श्रीमान तागी रहमानीले सुरक्षाकर्मीले उनलाई जबरजस्ती समातेर घिसार्दै लगेको र अज्ञात स्थानमा थुनेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२०२४ को राष्ट्रपति चुनावको क्रममा नरगिसको भोक हड्तालपछि उनको अस्थायी रिहाइको केही दिनपछि उनी फेरि पक्राउ परेकी हुन् ।
५२ वर्षीया नरगिसले महिला र बालबालिकाको अधिकार र इरानको महसा अमिनी विरोधी आन्दोलनका लागि सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।
नरगिस २०१० देखि निरन्तर जेलमा छिन् । नरगिसलाई गत वर्ष स्वास्थ्य समस्याको कारण रिहा गरिएको थियो । तर अहिले खामेनी सरकारले उनलाई किन पक्राउ गरेको भन्ने बारे खुलाएको छैन ।




