राजनीति

एमाले महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसबाट कार्यवाहक सभापति खड्का जाँदै

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागि हुने भएका छन् ।

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवा नजाने भएकाले उद्घाटन समारोहमा कार्यवाहक सभापति खड्कालाई पठाइने जानकारी दिए ।

एमाले महाधिवेशन आजदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *