काठमाडौँ । काठमाडौं महानगरपालिकाले रानीवारीस्थित टाउन प्लानिङ क्षेत्रभित्र रहेका दुई कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाउने कार्य गरेको छ।
बिहीबार महानगर प्रहरी बलले स्थानीय बस्तीबीच सञ्चालन भइरहेका ती केन्द्र जोखिमपूर्ण रहेको भन्दै सञ्चालन रोक्का गर्दै डोजर प्रयोग गरी हटाएको हो।
काठमाडौँ महानगर प्रहरी बलका अनुसार बस्ती र विद्यालय आसपासमा कवाडी संकलन केन्द्र राखिँदा स्वास्थ्य तथा सुरक्षा जोखिम बढ्ने भएकाले ती केन्द्र हटाउन बाध्य भएको बताइएको छ।
महानगरले हाल आफ्नो क्षेत्रभित्र रहेका सबै अवैध तथा जोखिमयुक्त कवाडी संकलन केन्द्र हटाउने अभियान सञ्चालन गरेको छ। यसविरुद्ध कवाडी व्यवसायीहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।
यसअघि पनि महानगरले विभिन्न स्थानका कवाडी संकलन केन्द्रमा डोजर चलाउँदै हटाउने कार्य जारी राखेको छ।




