खेलकुद

एनपीएल इलिमिनेटर: काठमाडौँले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको हो ।

काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *