काठमाडौं । माघ ११ मा निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि काठमाडौँ–४ क्षेत्रबाट नेपाली कांग्रेसले १० जनाको नाम सिफारिस गरेको छ। बुधबार बिहान बसेको क्षेत्रीय समितिको बैठकले ती नामहरू टुंगो लगाएको हो।
सिफारिस सूचीमा परेका नेताहरूमा अरुणकुमार सुवेदी, सुदर्शन आचार्य, उमेश थानी, दिव्यमणि राजभण्डारी, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, नर्मदा पोखरेल र शशि रिमाल रहेका छन्।
सुवेदी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्ति हुन्। आचार्य सिन्धुपाल्चोकका पूर्व कांग्रेसी एवम स्तमभकार हुन् । त्यस्तै, थानी सेन्टर फर डेमोके्रट्कि इन्जिनियर एशोसियसनका पूर्व अध्यक्ष एवम नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक हुन्।
काँग्रेसले अब सिफारिस भएका नाम जिल्ला र केन्द्रमा पठाउनेछ, जसपछि अन्तिम उम्मेदवार चयन प्रक्रिया अघि बढ्नेछ।




