देश

टीओबीका तेन्जिङ दावा लामालाई ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले टीओबीका तेन्जिङ दावा लामालाई ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत कीर्तेसम्बन्धी लामासँग कसुरमा ५ लाख र लागुऔषध मुद्दामा २० हजार धरौटी मागेको हो ।

जेनजी आन्दोलन भड्काएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । उनले लिएको नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएकाले लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *