देश

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । उनकाअनुसार सरकारले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्वीन्टल ७० कायम गर्ने निर्णय गरेको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *