राजनीति

काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र ‘जेनजी’ पुस्ताबीच नयाँ राजनीतिक समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले राप्रपाका नेता–कार्यकर्ताले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका सहभागीले राजसंस्था तथा हिन्दुराष्ट्रका पक्षमा नारा लगाएका थिए। राप्रपा नेता ज्ञानेन्द्र शाहीको नेतृत्वमा आयोजित सभामा सर्वसाधारणलाई घरघरबाट सहभागी हुन आह्वान गरिएको थियो।

शाहीका अनुसार प्रदेश संरचना खारेज, हिन्दु–बुद्ध–किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनर्स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था सुनिश्चित गर्न माग राख्दै आफूहरूले प्रदर्शन गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *