काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र साझा हितका विविध विषयमा विचार–विमर्श भएको थियो । दुवै पक्षले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक संवाद गरेको जनाइएको छ ।
भेटवार्ताका क्रममा विशेष गरी क्षेत्रीय सहकार्य, आपसी सहयोग र पारस्परिक हितका मुद्दामा छलफल केन्द्रित भएको स्रोतले बताएको छ ।




