काठमाडौं । सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकको योगदान र बलिदानलाई सम्मान गर्दै सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सुरेश रजक २०८१ साल चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका थिए।
सरकारको यस निर्णयले पत्रकारितामा बलिदान दिने व्यक्तिहरूको स्मरण र सम्मानको प्रक्रिया अझ सुदृढ हुने अपेक्षा गरिएको छ।




