काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिँदै, अनुदानको उद्देश्य किसानको आम्दानी सुनिश्चित गर्नु र उखुको बजार मूल्य स्थिर राख्नु रहेको बताए।
यस निर्णयले आगामी उखु सिजनमा किसानहरूको आर्थिक सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




