काठमाडौं । श्रम संस्कृति पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा आफ्नो सङ्गठन विस्तारका लागि आज ठूलो र्याली आयोजना गरेको छ। र्याली बागबजारस्थित होटल हार्दिकबाट सुरु भई सिफल चौरमा पुगी सभा कार्यक्रममा परिणत हुने बताइएको छ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले सभा सञ्चालन गर्दै उपस्थित कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। र्यालीमा विभिन्न तहका स्थानीय नेता, कार्यकर्ता र पार्टीका सदस्यहरू सहभागी छन्।




