देश

रामधुनीमा सिटी सफारी चालकको हत्या, ७ जनासहित मुख्य योजनाकार पक्राउ

काठमाडौं। सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

दशैँपछिको घटनामा चौधरीको हत्या मुख्य योजनाकार राजेश साहले साढे ६ लाख रुपैयाँको सुपारी दिएर सुटर मोहम्मद इव्राइम मियालाई प्रयोग गरेर गराएको खुलेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमध्ये राजेश साह, नन्दकिशोर साह, मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार, पुरानो रिसभरी र व्यक्तिगत विवादका कारण हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। राजेश साहले प्रहरीलाई दिएको बयान अनुसार, चौधरीले आफूलाई तन्त्रमन्त्र प्रयोग गरी बिरामी पारेको आरोपमा हत्या योजना तयार गरिएको थियो।

पक्राउ परेकामध्ये मुख्य सुटर मोहम्मदलाई ३ लाख रुपैयाँ पेश्की स्वरूप दिइएको जानकारी पनि प्रहरीले सार्वजनिक गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *