काठमाडौं । पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।
अख्तियारले पाँच जना पूर्वमन्त्रीसहित हाइप्रोफाइल व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै ८ अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायतलाई पनि प्रतिवादीमा समावेश गर्ने निर्णय आयोगले गरेको स्रोतले जनाएको छ।
अख्तियारको टोली मुद्दा दायर गर्न विशेष अदालत पुगिसकेको छ। प्रकरणको अगाडि बढाइले विमानस्थलमा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य उजागर हुने अपेक्षा गरिएको छ।




