देश

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ, बैंकिङ घोटालामा संलग्न आरोप

काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। उनी ललितपुरको जावलाखेलबाट पक्राउ परेका हुन्।

शाक्यमाथि प्रभु बैंक लिमिटेडमा ठूलो आर्थिक नोक्सानी पुर्‍याएको र विभिन्न कम्पनीको नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ। सिआइबीले बैंकिङ कसुर ऐन अनुसार अनुसन्धान जारी राख्न म्याद थप गरेको छ।

यसअघि सिआइबीले प्रभु बैंकका सिइओसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको थियो। बैंकिङ घोटाला र कर्जा दुरुपयोगसम्बन्धी घटनामा शाक्यको संलग्नता पुष्टि हुनेबित्तिकै थप कानुनी प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *