रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (एमाले)की रेवती गुरूङ नियुक्त भएकी छिन् ।
गत भदौमा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा गुरुङलाई नियुक्त गरिएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई शपथ गराएका छन् ।
निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो । गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन् ।




