देश

नेपाल एयरलाइन्सका चालक दल सदस्य दोहा विमानस्थलमा सुन तस्करीको आरोपमा पक्राउ, उडान ढिला

काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहा विमानस्थलमा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। दोहो प्रहरीले उनलाई नियन्त्रणमा लिएको र आठ तोला सुन बरामद गरिएको बताइएको छ। पक्राउ परेसँगै नेपाल एयरलाइन्सले तिवारीलाई तीन महिनाका लागि निलम्बन गरेको छ।

उक्त घटना नोभेम्बर २९ मा भएको हो। उडान नम्बर आरए २४०, दोहाबाट काठमाडौं आउँदै गरेको अवस्थामा विमानस्थलको भन्सार जाँचमा तिवारीमा सुन भेटिएको हो। यस कारण उडान करिब ३५ मिनेट ढिला भएको थियो।

नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटना पुष्टि गरेका छन्। तर एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने आधिकारिक जानकारी नभएको बताउँदै यसबारे बोल्न असमर्थता जनाएकी छन्। यो घटनाले कम्पनीको सुरक्षा र कर्मचारी निगरानीमा प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *