देश

काठमाडौं मेयर बालेन साहका पिता डा. रामनारायण साहको निधन, मेयरलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोक परेको छ। उनका पिता डा .रामनारायण साह आज मध्यान्ह उपचारका क्रममा निधन भएका हुन्। डा .साहलाई पिसाब संक्रमणका कारण मुटु र मस्तिष्कमा जटिल समस्या देखा परेको थियो। आज बिहान उनलाई नयाँ बानेश्व स्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनले प्राण त्यागेका हुन्।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेर अवस्था बुझ्नुभएको थियो। डा. साहको निधनपछि मेयर बालेन साह र उनका परिवारजनमा दुःख र शोकको वातावरण छ।

यस्तै मेयर बालेनका पिताको निधनप्रति नेकपा एमालेका केन्द्रिय पोलिटव्युरो सदस्य महेश बस्नेतले गहिरो दुःख व्यक्त गरेका छन् । नेता बस्नेतले स्वर्गीय शाहको निधनप्रति दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *