काभ्रेपलाञ्चोक । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि काभ्रेमा संस्थापन र संस्थापन–इतरबीच १२/१२ को बराबर भागबन्डा गरी प्रतिनिधि छनोट गरिएको छ।
गोकुल बाँस्कोटाले यसपटक ओलीभन्दा केही दूरी बनाएपछि दुवै समूह ‘हेभिवेट’ नेताहरू पराजित हुन नदिन सर्वसम्मत भागबन्डामा सहमत भएका हुन्।
भागबन्डाअनुसार काभ्रे–१ र काभ्रे–२ दुवै क्षेत्रमा दुवै समूहबाट समान संख्यामा प्रतिनिधि चयन भएका छन्। दलिततर्फबाट निर्वाचित मदन विक पनि संस्थापन पक्षकै हुन्।
काभ्रेमा २४ पदका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए। तर भागबन्डाका कारण खानीखोला र महाभारत क्षेत्रका केही आकांक्षी समेटिन नसक्दा असन्तुष्टि देखिएको छ।




