काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्का ओलीले आवश्कता अनुसार नेतृत्व हस्तान्तरण हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्तान्तरण हुनुपर्छ भनेर यस्तो जोडदार ढंगले भनिरहनुपर्ने विषय नभइ स्वभाविक विषय भएको बताएका हुन् ।
‘अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ हुने यो सिलसिला हुन्छ नै । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण पुस्तान्तरण हुनुपर्छ भनेर यस्तो जोडदार ढंगले भनिरहनुपर्ने विषय होइन,’ उनले भने, ‘यो स्वभाविक विषय हो । हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । हुनैपर्छ । यो नगरौं भनेपनि हुन्छ । त्यसकारण पुस्तान्तरण, हस्तान्तरण आवश्यकता अनुसार हुन्छ ।’




