देश

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

सुलीकोट। गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो १२ : ३० बजे गोरखा सदरमुकामबाट छुटेको यात्रु बस अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेर रुखमा ठोक्किएको हो।

दुर्घटनापछि स्थानीय, सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले घाइतेको उद्वार गरी चितवन रिफर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। थप विवरण आउन बाँकी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *