देश

नेकपा एमालेद्वारा पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ । त्यस्तै कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्नल पनि सार्वजनिक गरिएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार गरेको एमालेले तयारीलाई तीव्र बनाएको छ । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *